हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका स्थित रामनगर भुटाहामा एक युवालाई एक पछले सामुहिकरुपमा निर्घात कुटपिट गरेको छ । SEE परिक्षा दिन रामनगर भुटाहा स्थित बालकृष्ण उच्च माध्यमिक विद्यालय आएकी बहिनीलाई लिन आएका हरिनगर गाउँपालिका – ३ घर भएका जिवन मेहतालाई निर्घात कुटपिट गरिएको हो । सुरुआती जानकारी अनुसार जिवन मेहताले समाजिक सञ्जाल फेसबुकमा “मुस्लिम समुदाय […]
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले ०८४ को निर्वाचनअघि संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्। पछिल्ला केही दिनदेखि काठमाडौंमा रहेका साम्पाङले आज ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर’ भन्ने पोष्टरसहित उभिएर प्रदर्शन गरेका हुन्। यो मुद्दामा सबै जनता उभिन आवश्यक भइसकेको भन्दै उनले अहिलेको संसद्ले ०८४ […]
एजेन्सी । खानामा मसला नहुँदा कुनै पुरुषले आफ्नी श्रीमतीलाई छतबाट उठाएर तल फ्याँकिदिएको होला भनेर के तपाईंले कहिल्यै सोच्नु भएको छ ? छैन भने अब थाहा पाउनुहोस् । सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । यस भिडियोमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई कुखुराको मासुमा खुर्सानी हाल्न बिर्सेको कारणले आफ्नी श्रीमतीलाई छतबाट तल फालेका छन् । […]
इनरुवा । झापा र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध र निषेधित औषधीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भारतबाट नेपाल आउँदै गरेकी सुनसरीको रामधुनी नगरपालिका ७ की २४ वर्षीया कञ्चन परियारलाई ७०० मिलिग्राम ब्राउनसुगर […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सरकार हटाउन वर्तमान गठबन्धनमा आबद्ध दलहरूलाई सकस परेको छ। संविधानको धारा १६८ (५) अनुसार बनेको कार्की नेतृत्वको सरकारलाई अविश्वासको प्रस्ताव हाल्न नपाइने नेकपा एमाले सहित गठबन्धनका दलहरू बिलखबन्दमा परेका हुन् । संविधान अनुसार सरकार गठनको अन्तिम धारा प्रयोग भएको हुँदा नयाँ सरकार गठनको संवैधानिक प्रावधानको खोजीमा एमाले लागेको […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। मंगलबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र […]
श्री शाके १९४५ विस २०८० चैत्र २० गते मंगलबार इश्वी सन् २०२४ अप्रिल २ तारीख चैत कृष्णपक्ष अष्टमी तिथी पूर्वाषाढा नक्षत्र परिघ योग कौलव करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा मित्र योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु गोखकालीपूजा शीतलाष्टमी वासेरा॥ मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको परीश्रम अनुरुपको […]
राजविराज । सप्तरीको राजविराज स्थित पुर्वाधार विकास कार्यालयका प्रमुख प्रविण प्रताप अधिकारीमाथि आईतबार कार्यालयमै कुटपिट भएको छ। सीके राउत नेतृत्वको जनमत पार्टीका प्रदेश सांसद महेशप्रसाद यादवले अधिकारीलाई कुटपिट गरेका हुन। प्रदेश सभामा जनमत पार्टीका संसदीय दलका नेता एवम् मधेश प्रदेशका निवर्तमान शिक्षा मन्त्रीसमेत रहेका यादवले राजविराज नगरपालिका– १३, पिपराहीमा सामुदायिक भवन निर्माण र सोही वडाको […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ । यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ […]
धनगढी । सुदूरपश्चिममा सोमबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो। चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताए। उनका अनुसार प्रदेशभर भोलि बिदा रहने छ। रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा […]