१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

समाचार

बाग्मतीमा स्याल कराउदा कोसीमा कराउदैन : मुख्यमन्त्री कार्की

ईनरुवा । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकारले नै निरन्तरता पाउने बताउनुभएको छ । उहाँले केन्द्रिय सत्ता समिकरण फेर बदल हुदैमा कोसी प्रदेश सरकारलाई केही असर नहुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “बाग्मतीमा स्याल कराउदा कोसीमा स्याल कराउदैन यहाँ अर्ना कराउन सक्छ ।” कोसी प्रदेश सरकारले अहिले मध्यावधिक निर्वाचन नगर्ने बताउनुहुदै विश्वासको मत समेत […]

इनरुवा । नेपाली काङग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङ्गले काङग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । सुनसरीको इटहरी उपमहानगरपालिकामा शुक्रबार नेपाल प्रेस युनियन सुनसरी शाखाले आयोजना गरेको लोकतन्त्रमा सञ्चार माध्यमको भुमिका बिषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो । लोकतन्त्रलाई बलियो र मजबुत बनाउनका लागि सबैले एक ढिक्का […]

विराटनगर । कास्कीको पोखरामा गुड्दागुड्दैको बस ठडिएको छ । बसको अग्रभाग सडकमा पल्टिएर पश्चभाग आकाशतिर ठडिएको हो । दुर्घटना लेखनाथको हो । दुर्घटनामा बसका चालक घाइते भएको र बसमा उनी मात्रै सवार रहेकाले ठूलो क्षति हुनबाट जोगिएको लोकप्रिय फेसबुक पेज ‘रूटिन अफ नेपाल बन्द’ ले लेखेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

काठमाडौं ।  सरकारले प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँट र वित्तीय समानीकरण अनुदानको परिमाण स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले आव २०८१-८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्व सात प्रदेशको लागि  ७७ अर्ब ५० करोड रुपैयाँ  र स्थानीय तहका लागि ७७ अर्ब […]

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । ‘देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासङ्घका सदस्यसहित आमनेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ सभामुख घिमिरेले आज शुभकामना सन्देश जारी […]

काठमाडौं । आज बिहीबार माननीय मन्त्री भगबती चौधरीज्यू र नेपाल लागि फिनल्याण्डका राजदुत रिना रिक्का हेक्काको शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देश विचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षविच कुराकानी भएको छ । भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा […]

विराटनगर । मोरङको विराटनगर महानगरपालिका १५ र १७ बाट लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार दिउँसो ३ बजे विराटनगर १५ ढाट स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री विराटनगर १० का ३९ वर्षीय मेघराज मण्डललाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा फेला […]

इलाम । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ। अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो। किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन्। परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण हुन थालेपछि उत्पादन र आम्दानीमा वृद्धि भएको किसानको भनाइ छ। इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर–४ फुएतप्पाका रत्न लिम्बूले गत वर्ष […]

बुटवल । पछिल्लो समय युवतिहरुले नक्कली माया जालमा पारि विवाह समेत गर्ने बहानामा फसाएर थुप्रै युवाहरुबाट सम्पति लुट्नेगरेका छन् । यस्ता आपराधिक घटनामा संलग्न भएर पक्राउ पर्नेहरु समेत दैनिक बढ्दोमात्रामा छन् । त्यस्तै पाल्पाकी एक युवतीले बुटवल क्षेत्रमा केन्द्रीत भएर झण्डै ५ जना पुरुषबाट २० लाख भन्दा बढी रकम ठगेकी छन् । कुसुम गैरे नाम […]

चतराधाम । वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित कुम्भ मेला परिसर प्राचीन हरिद्वार चतराधाममा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । मङ्गलवार बिहान उक्त क्षेत्रमा सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो । चतराधामलाई सुन्दर, सफा तथा आकर्षक बनाउन र यही चैत्र २७ गतेबाट सुरु हुने बारवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई केन्द्रित गरेर सरसफाइ कार्यक्रम आव्हान गरिएको नगर […]