वीरगन्ज । वीरगन्ज महानगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि कर्फ्यु लागेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ । दुई समुदायबिच द्वन्द्व हुनसक्ने भन्दै स्थिति सामान्य बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेपछि सुरक्षा व्यवस्था कडा गरिएको हो । वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले […]
रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु अवधिभित्रै पुरानै सहमति अनुसार सरस्वतीको मूर्ति बिसर्जन गरिएको छ । मधेस प्रदेश प्रहरी प्रमुख एवं डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णय अनुसार पुरानै सहमतिमा मूर्ति सेलाइएको हो । ईशनाथ–७ घिउरा गाउँस्थित विद्यालय छेउको सार्वजनिक पोखरीमा यस अघि भएको सहमति अनुसार मूर्ति […]
काठमाडाैं । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ। परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिए। “पहिलो सिफ्टमा करिब […]
मोरङ । मोरङको उर्लाबारीमा एक जना किशोरी अचेत अवस्थामा भेटिएपछि प्रहरीले रिसोर्टका सञ्चालकलाई पक्राउ गरेको छ । उर्लाबारीमा डेरा बस्दै आएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा आइतबार बिहान अर्धचेत अवस्थामा भेटिएकी हुन् । उनलाई अचेत अवस्थामा देखेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मिक्लाजुङ घर भएकी किशोरी अध्ययनका […]
काठमाडौं । सार्वजनिकस्थानमा निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्ने काठमाडौं चुनदेवीका प्रविण श्रेष्ठ पक्राउ परेका छन् । एक जना निजी गाडी चालकलाई उनले रातिको समयमा काठमाडौंको सार्वजनिकस्थानमा अपशब्द प्रयोग गर्दै रंगभेदी गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । भिडियोमा देखिए र सुनिए अनुसार उनले प्रहरीको डीएसपी हुँ भन्दै अपशब्द प्रयोग गरेका थिए । […]
काठमाडौं । नेपाली कांग्रेसले महासमिति सदस्यहरूलाई बैठकस्थलमा आवतजावतका लागि २० वटा बसको व्यवस्था गरेको छ। कार्यालय सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार चारवटा रूटमा २० वटा बसको व्यवस्था गरिएको हो। गौशालाबाट ६ वटा, नारायणगोपाल चोकबाट २ वटा, नयाँ बसपार्कबाट ४ वटा र भद्रकालीबाट ६ वटा बस छुट्ने पौडेलले बताए। कांग्रेसले छुटेका महासमिति प्रतिनिधिहरूलाई सातदोबाटोको नेपाल विज्ञान […]
विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोला स्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा नमुना विद्या मन्दिरले दुई जनालाई सम्मान समेत गरेको छ । नमुना विद्या मन्दिरमा लामो समय शिक्षण गरेका पूर्व शिक्षक तिर्थराज […]
विराटनगर । सम्झौता गरेको समयसीमाभित्र निर्माणको काम पूरा नगरी अलपत्र पारेर सम्र्पकविहीन भएको विराटनगरको एउटा निर्माण कम्पनीको साढे १६ करोडभन्दा बढी ग्यारेन्टी रकम जफत गरिएको छ । विराटनगरस्थित कोशी अस्पतालको भवन निर्माणको काम बीचमै छोडेर सम्पर्कविहीन भएकोे विराटनगरको भूमि–बी.आई. पी.एल.कन्स्ट्रक्सनको बैङ्क ग्यारेन्टी र पर्फर्मेन्स ग्यारेन्टी बापतको १६ करोड ८३ लाख ६६ हजार ५ सय रुपैयाँ जफत […]
राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्थालाई विधिसम्मत सञ्चालन भए नभएको अनुगमन गर्दै आएको उपमहानगरपालिका सहकारी शाखाले धेरै कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको सहकारी शाखा प्रमुख प्रवीण रानाले बताए । “अनुगमनका क्रममा नेपालगञ्जको कृष्णसार कृषि सहकारी संस्थामा कैफियतै कैफियत भेटिएको छ”, शाखा प्रमुख रानाले भने, “धेरै […]
काठमाडौं । काठमाडौँसहित विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मृतकहरुको विवरण यसप्रकार छन्- काठमाडौं- गोकर्णेश्वर नगरपालिका-५ नारायाणटार डेरा गरी बस्ने रसुवा उत्तरगया नगरपालिका-४ घर भएकी २७ वर्षीया सम्झना न्यौपाने आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । सुनसरी- ईटहरी उपमहानगरपालिका-४ बुढिखोला घाटमा काम गरी बस्ने दुहवी घर […]