इलाम । बिदाबाहेक सधैंजसो अनिवार्य कार्यालयमा उपस्थित हुने धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङ मंगलबार भने कार्यालयमा थिएनन् । उनी इलाममा हुने चुनावी सभालाई सम्बोधन गर्न इलाम पुगेका छन् । उनले इलाम पुगेर इलाम २ मा डकेन्द्रसिं थेगिमलाई भोट गर्न अपिल गरेका छन् । मङ्गलबार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले स्वतन्त्र उम्मेदवार थेगिमलाई भोट […]
इनरुवा । शिक्षाको विकास नभएसम्म देशको विकास हुन नसक्ने कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बताउनुभएको छ । सुनसरीको इनरुवामा बुधबार प्रिसियस एकेडेमीको अभिभावक दिवश तथा कक्षा ११ को लागि नयाँ भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले देशको मुरुदण्ड नै शिक्षा भएकाले शिक्षाको विकास नभएसम्म देशको विकास हुन नसक्ने बताउनुभएको हो । प्रदेश प्रमुख खापुङले […]
इटहरी । इटहरी उपमहानगरपालिका २ हलगडा चोकमा मंगलवार साँझ कारले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२९ च ९४५९ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा भोजपुरको हतुवागढी गाउँपालिका ६ घर भइ इटहरी २ हलगडामा बस्दै आएका ५२ वर्षीय जयबहादुर राई रहेका छन् । […]
देवानगञ्ज । नेकपा एमाले सुनसरी जिल्ला पार्टी अध्यक्ष तथा कोशी प्रदेश सभा सदस्य रेवतिरमन भण्डारीले सुनसरीको दक्षिणि भेगमा पार्टीको संस्थापकका रुपमा रहेका महादेव मेताको निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुधबार साँझको समयमा ७० वर्षको उमेरमा निधन भएका मेहताको मंगलबार अन्तिम संस्कारको क्रममा श्रद्धाञ्जली अर्पण गर्दै प्रदेश सभा सदस्य भण्डारीले शोकाकुल परिवारमा समवेदना प्रकट […]
इनरुवा । नेपाली काङग्रेसका केन्द्रिय सदस्य राजिव कोइरालाले सोमबार कोसी गाउँपालिकामा भएको आगलागी पीडितको अवस्थाको बिषयमा निरीक्षण गर्नुभएको छ । आइतबार कोसी –३ नहर चौकमा आगलागीमा परेर ठुलो धनजनको क्षति भएको बिषयमा केन्द्रिय सदस्य कोइरालाले निरीक्षण गर्नुभएको हो । आगलागीमा भएको धनजनको क्षति, आगलागीको कसरी भएको हो, आगलागी भएपछि पीडित परिवारको अवस्था, घाईते भएका चौपयाको […]
हरिनगर । सुनसरीका हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले भारतको सिमा सँग जोडिएका सिमाबासीहरुको जीवन स्तर दयनीय रहेकाले उनीहरुको जीवन स्तर उकास्नका लागि पालिका सुरक्षा निकाय सँग सहकार्य गर्न तयार रहेको बताउनु भएको छ । सिमाबासी सँग सशस्त्र प्रहरी कार्यक्रम अन्र्तगत क्षमता अभिबृद्धि तालिम (केशकर्तक) को उदघाटन समारोहमा हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले सो कुरा बताउनु भएको […]
इटहरी। सामुदायक विध्यालय व्यवस्थापन समिति महासंघ नेपालकाे १० औं स्थापना दिवसकाे अव्सरमा “हामी सुधार्छाै हाम्राे विध्यालय” राष्ट्रिय अभियान अन्तरगत सामुदायिक विध्यालयमा गुणस्तरीय शिक्षाकाे लागि विध्यालय व्यवस्थापन समितिकाे भुमिका विषायक अन्तरक्रिया कार्यक्रम समपन्न भएकाे छ । सुनसरीको इटहरी नगरपालिका वडा न-१ स्थित रहेको राष्ट्रीय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्ष रूद्व बहादुर बस्नेत, कार्यक्रमका […]
इनरुवा । सुनसरीको कोशी गाउँपालिका ३ जमुवा नहर चौकमा भिषण आगलागी भएको छ । भिषण आगलागी हुँदा १० परिवारका १९ वटा घर जलेर नष्ट भएको छ । उक्त आगलागिमा करिब ८० लाख रुपियाँ बराबरको घर, मोटरसाईकल, सिटि रिक्सा, धान, चामल, गरगहना र चौपया क्षती भएको पीडितहरुले बताएका छन् । स्थानीय प्रत्यक्षदर्शी मोहमद मियाँका अनुसार आइतबार […]
सुनसरी । आगामी चैत्र २७ देखि ०८१ वैशाख २८ सम्म वराहक्षेत्र चतराधाममा लाग्ने वाह्र वर्षे पूर्ण महाकुम्भ मेलामा ३० लाख धार्मिक पर्यटकलाई व्यवस्थापन गर्ने गरी तयारी थलिएको छ । बुधबार मूल आयोजक समितिद्वारा चतराधामस्थित सचिवालयको कार्यालयमा पत्रकार सम्मेलन गर्दै समितिले न्युनत्तम ३० लाख आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्रने अनुमानसहित तयारी थालिएको जानकारी गराएको हो […]
हरिनगर । हात्ति छिर्यो पुच्छर अड्कियो उखानसँग मिल्दो हरिनगरा देखि रामनगर भुटाहा जोड्ने पुलको अवस्था भएको छ । हुलाकी राजमार्ग अन्तर्गत रामनगर भुटाहा हरिनगर सडकखण्डमा पर्ने मर्या खोलाको पुल बनेपनि ठेकेदारको लापरवाहीका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ। राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत हरिनगर र रामनगर भुटाहा सडक खण्डमा पर्ने सो पुलको काम समयमा […]